Market Closed

सूचीकृत २७ वाणिज्य बैंक प्रतिस्पर्धामा को अब्बल ? हेर्नुहोस् तथ्यांक

14 May,2019
  • profit_img_news_5_14_2019_10_53_17.jpg
इशारा कोइराला
 
काठमाडौं : सूचीकृत २७ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा र प्रतिसेयर आम्दानीमा सुधार आएको छ । केही बैंकको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । यता, धेरै बैंकको जगेडा कोष घट्दा २७ वटै बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । हेरौं, कुन बैंकको वित्तीय अवस्था कस्तो :
 
१७ बैंकको चुक्ता पुँजी बढ्यो, सबैभन्दा धेरै इन्भेष्टमेन्ट बैंकको
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ बैंकले चुक्ता पुँजी बढाएका छन् भने १० बैंकको पुँजी गत वर्ष कै यथावत रहेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी एनसीसीले बढाएको छ । यसको चुक्ता पुँजी गत वर्षको यसै अवधिको तुलनामा ४९.९७% ले बढेर ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।




यद्यपि, अझै पनि यसको राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुगेको छैन । यस अवधिसम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल इन्भेष्टमेन्ट बैंकको रहेको छ । यस बैंकको चुक्ता पुँजी गत वर्षको तुलनामा १८.२६% ले बढेर १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ पुगेको छ । मेगा बैंकको चुक्ता पुँजी गत वर्षको तुलनामा १% ले मात्रै बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुगेको छ । 
 
९ बाहेक बाँकी सबै बैंकको जगेडा कोष बढ्यो 
 
चैत मसान्तसम्म आइपुग्दा ९ बैंकको जगेडा कोष घटेको छ भने अन्य बैंकको बढेको छ । यस अवधिमा सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा सेन्चुरी कमर्सियल बैंक रहेको छ । बैंकको जगेडा कोष गत वर्षको यसै अवधिको तुलनामा ७९.३१% ले बढेर १ अर्ब १८ करोड २८ लाख १३ हजार रुपैयाँ पुगेको छ । 



यता, ग्लोबल आइएमई बैंकको जगेडा कोष भने सबैभन्दा धेरै १५.४२% ले घटेको छ । यस अवधिमा सबैभन्दा धेरै जगेडा कोष नेपाल बैंकको १५ अर्ब ६१ करोड १० लाख ५४ हजार रुपैयाँ रहेको छ । 
 
२४ बैंकको नाफा बढ्यो, धेरै नाफा नबिलले कमायो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३ बैंकको नाफा घटेको छ । नाफा घटाउनेमा नेपाल बैंक, इन्भेष्टमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंक रहेका छन् । यता, यस अवधिमा मेगा र एनआइसीले शतप्रतिशत भन्दा बढीले नाफा बढाएका छन् । एनआइसीको नाफा १४५.४०% ले बढेर २ अर्ब २७ करोड ६४ लाख ६९ हजार रुपैयाँ पुगेको छ । 



 
त्यस्तै, मेगाको नाफा १३१.३३% ले बढेर २ अर्ब ७५ करोड २७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । 
 
 
२७ वटै बैंकको खुद ब्याज आम्दानी बढ्यो, धेरै बढाउनेमा मेगा बैंक
 
चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा २७ वटै वाणिज्य बैंकले खुद ब्याज आम्दानी बढाएका छन् । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा मेगा बैंक रहेको छ । मेगाको खुद ब्याज आम्दानी १११.५९% ले बढेर २ अर्ब ७५ करोड २७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । 



साथै, एनआइसी एसियाको खुद ब्याज आम्दानी १००.४९% ले बढेर ५ अर्ब ३२ करोड ३६ लाख ५७ हजार रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै खुद ब्याज आम्दानी नबिल बैंकले कमाएको नबिलको खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १८.३८% ले बढेर ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ पुगेको छ । 
 
 
६ बैंकको प्रतिसेयर आम्दानी घट्यो, सबैभन्दा धेरै कसको ? 
 
चैत मसान्तसम्म आइपुग्दा ६ बैंकको प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर आम्दानी घटाने बैंकमा नबिल बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र सेन्चुरी बैंक रहेका छन् । 



यता, नबिल बैंकको प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिमा भन्दा ४ रुपैयाँ ५ पैसाले घटेर ४७ रुपैयाँ ६९ पैसामा आइपुगेको छ । यद्यपि, यो सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुने वाणिज्य बैंक हो । यता, नेपाल बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै १२ रुपैयाँ ५ पैसाले घटेर ३० रुपैयाँ ५२ पैसामा आइपुगेको छ ।
 

Post Your Comment