Market Closed

नबिलले असोज १८ मा बोलायो साधारण सभा, अधिकृत पुँजी ६ अर्ब ५० करोड पुर्याइने

13 Sep,2016
  • nabil_bank_1_9_13_2016_12_20_48.jpg
नेपाली पैसा 
काठमाडौं : नबिल बैंकको साधारण सभा असोज १८ गते हुने भएको छ । 
 
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे सुरू हुने साधारण सभामा नबिलले ४५ प्रतिशत लाभांश वितरणको प्रस्ताव लैजादैछ । 
 
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने योजना बनाएको छ । 
 
बैंकले अधिकृत पुँजी बढाएर ६ अर्ब ५० करोड रूपैयाँ पुर्याउने विशेष प्रस्ताव साधारण सभामा लैजादैछ । 
 
२०७३ असार मसान्तसम्मको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने र सो बोनस बाँडेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ३५ लाख ४० हजार चार सय ८० रूपैयाँ पुग्नेछ । 
 
बोनस सेयर वितरण गर्दा आउने फ्र्याक्सनलाई नगद लाभांशबाट समायोजन गरी बोनस सेयरलाई पूर्ण अंकमा परिणत गर्ने पनि बैंकले जानकारी दिएको छ ।
 
आर्थिक वर्ष २०७२–७३ को वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा नबिलको चुक्ता पुँजी चार अर्ब ७५ करोड ६५ लाख ७० हजार रूपैयाँ छ । 
 
बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ८२ करोड १५ लाख ६४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । नबिलको रिजर्भ कोषमा असार मसान्तसम्म सात अर्ब ५५ करोड २२ लाख पाँच हजार रूपैयाँ छ । 

Post Your Comment