Market Closed

नबिलको ४५% लाभांश पारित

05 Oct,2016
  • nabil_bank_10_5_2016_3_17_05.png
नबिल बैङ्कले १५ प्रतिशत नगद लाभांश तथा ३० प्रतिशत बोनस शेयर दिने भएको छ । मङलवार सम्पन्न बैङ्कको ३२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्ताव पारित गरेको हो । बैङ्कले आव २०७२/७३ मा ४ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बताए । उक्त साधारणसभाले सर्वसाधारण शेयरधनी समूह ‘ग’बाट शम्भुप्रसाद पौड्याल तथा दयारामगोपाल अग्रवाल एवम् शेयरधनी समूह ‘ख’बाट राष्ट्रिय बीमा कम्पनीलाई निर्विरोध  सञ्चालकमा चयन गरेको छ ।

Post Your Comment