Market Closed

नबिलको खुद नाफामा ५.१४% सुधार हुँदा घट्यो प्रतिसेयर आम्दानी, रिजर्भ कोष भने मजबुत

29 Jan,2018
  • Nabil-bank-Ltd_11_1_29_2018_10_50_11.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.१४% ले खुद नाफा वृद्धि गरेको छ । बैंकले १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा खुद नाफा १ अर्ब ७४ करोड ७९ लाख ४४ हजार रुपैयाँ मात्र थियो । बैंकले खुद ब्याज आम्दानी पनि १०.१४% ले वृद्धि गरेको छ । गत वर्ष २ अर्ब ६६ करोड ५४ लाख ७८ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपालि २ अर्ब ९३ करोड ५६ लाख ४५ हजार रुपैयाँ पुगेको हो । नबिलको सञ्चालन नाफा ४.२१% ले बढेर २ अर्ब ७३ करोड ९१ लाख ३५ हजार रुपैयाँ पुगेको छ । खुद नाफामा सुधार गर्न नबिललाई सञ्चाल नाफा र खुद ब्याज आम्दानीमा भएको वृद्धिले सहयोग गरेको छ । बैंकले ८ लाख ३ हजार रुपैयाँ राइट ब्याक गर्दा १९ करोड ८९ लाख २० हजार रुपैयाँ प्रोभिजनमा रखेको छ । 
 
नबिलको निक्षप संकलन १ खर्ब २० अर्ब ८१ करोड रुपैयाँबाट वृद्धि हुँदै १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । बैंकको सीसीडी अनुपात ७६.४९% छ । यता, खराब कर्जा ०.९०% बाट बढेर १.१३% पुगेको छ । कस्ट अफ फन्ड पनि १.९०% बाट बढेर ४.४३% पुगेको छ । नबिलले चुक्ता पुँजी ३०% ले वृद्धि गरी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ पुर्याएको छ । बैंकको रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भ कोषमा ९.७५% वृद्धि भएर ७ अर्ब ८५ करोड ५३ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । पुँजी वद्धि भए अनुसार नाफामा सुधार नहुँदा नबिलको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेका छन् । प्रतिसेयर आम्दानी (वर्षिक) ५६.६९ रुपैयाँबाट घटेर ४५.५७ रुपैयाँमा आएको छ । नेटवर्थ पनि २१६ रुपैयाँबाट घटेर १९८ रुपैयाँमा आएको हो ।

नबिल बैंकको दोस्रो त्रैमासको रिपोर्टलाई यसरी पढौं 
http://www.nepalipaisa.com/documentviewer.aspx/NABIL/Nabil%20Bank%20Limited/file/nabil_bank_ltd,_2nd_qtr_watermark_1_29_2018_11_47_53_AM.pdf
 

Post Your Comment