नबिल बैंकले सुरु गर्यो ‘नबिल नारी’ योजना, सहुलियतमा कर्जा उपलब्ध गराउने

28 Mar,2019
  • Nabil-bank-Ltd_7_8_15_2018_11_07_24.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकले ‘नबिल नारी’ नामक बचत र कर्जा प्याकेज सार्वजनिक गरेको छ । ‘नबिल नारी’ अन्तर्गत ‘नबिल प्रिमियम नारी बचत’, ‘नबिल नारी कर्जा’ र ‘महिला लघुउद्यम कर्जा’ योजनाहरु रहेका छन् । बैंकले प्रिमियम नारी बचतमा वार्षिक ४.७५% ब्याज दिने जनाएको छ । 
 
महिलाहरुलाई सरल कर्जा दिने उद्देश्यले नबिल नारी कर्जा योजना ल्याइएको बैंकले जनाएको छ । यस अन्तर्गत उद्यम सञ्चालनका लागि महिलाहरुले वार्षिक ९.९९% ब्याजदरमा कर्जा पाउनेछन् । यस्तो उद्यममा महिलाहरुको ५०% सहकार्य वा ५१% सेयर लगानी रहेको हुनुपर्नेछ ।
 
नबिल नारी कर्जा अन्तर्गत ५ लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ । यस्तै, बैंकले वार्षिक ३.९४% ब्याजदरमा महिला लघुउद्यम कर्जा दिने भएको छ । यस अन्तर्गत बिना धितो ५ वर्षसम्मका लागि अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ ।

Post Your Comment