Market Closed

नबिल बैंकको नाफामा झिनो सुधार, प्रतिसेयर आम्दानी घट्यो

07 May,2019
  • Nabil-bank-Ltd_7_8_15_2018_11_07_24.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफामा ३.१७% ले मात्रै वृद्धि गरेको छ । यस अवधिमा ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा नबिलले ३ अर्ब ९ करोड २७ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नबिलको वितरण योग्य नाफा भने २ अर्ब ३२ करोड ४४ लाख २३ हजार रुपैयाँ रहेको छ ।
 
हालै १२% बोनस सेयर दिएर चुक्त पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ पुर्याएको यस नबिलको प्रतिसेयर आम्दानी घटेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५ पैसाले घटेर ४७ रुपैयाँ ६९ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा नबिलको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७४ पैसा रहेको थियो । 
 
यता, नबिलको खुद ब्याज आम्दानी १८.३८% ले बढेर ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब ५६ करोढ ९७ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, बैंकको सञ्चालन नाफा  ६.०३% ले बढेर ४ अर्ब ५० करोड ७४ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४ अर्ब २५ करोड ७ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
 
चैत मसान्तसम्म बैंकले जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ राखेको छ । त्यस्तै, रिटेन्ड् अर्निङमा ३ अर्ब ७६ करोड ५२ लाख ४८ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा नबिलले १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब २८ अर्ब १९ करोड ७३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 
नबिलको खराब कर्जा चैत मसान्तसम्म ०.४३% ले घटेर ०.६४% पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको खराब कर्जा १.०७% थियो । यसको आधारदर ७.९९% छ । 

नबिल बैंकको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment