नबिल बैंकको १२% बोनस सेयर नेप्सेमा सूचीकृत

17 Jun,2019
  • Nabil-bank-Ltd_7_8_15_2018_11_07_24.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकको ९६ लाख ८६ हजार २४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत फागुन २७ गतेको वार्षिक साधारण सभाबाट पारित १२% बोनस सेयर सूचीकृत गराएको हो । उक्त सभाबाट २२% नगद लाभांश दिने प्रस्ताव पनि पारित भएको थियो ।
 
नबिलले १२% बोनस सेयर वितरण गरी चुक्ता पुँजी ९ अर्ब ८४ लाख ७ हजार ५२० रुपैयाँ पुर्याएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म यस बैंकले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Post Your Comment