Market Closed

नबिलको संस्थापक हिस्सा ६०% मा झर्यो, ९० लाख कित्ता सेयर सर्वसाधारणमा परिणत

02 Jul,2019
  • Nabil-bank-Ltd_7_8_15_2018_11_07_24.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ । बैंकले कुल ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयर सेयर सर्वसाधारणमा परिवर्तन गरेको हो । सेयर परिवर्तनपछि बैंकमा संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% कायम भएको छ ।
 
नेप्सेमा उक्त सेयर सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ । अब यसको कारोबार साधारण सेयर सरह नै हुनेछ । नबिलले फागुन २७ गतेको साधारण सभाबाट १०% संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरेको थियो ।

Post Your Comment