नबिल बैंकको नाफा ४ अर्ब २९ करोड नाघ्यो, इपीएस भने झन् खस्कदै

14 Aug,2019
  • Nabil-bank-Ltd_7_8_15_2018_11_07_24_8_14_2019_7_53_00.jpg
नेपाली पैसा 

काठमाडौं : नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफामा ७.८४% ले मात्रै वृद्धि गरेको छ । यस अवधिमा बैंकले ४ अर्ब २९ करोड ४१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसै अवधिमा नबिलले ३ अर्ब ९८ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नबिलको वितरण योग्य नाफा भने ३ अर्ब १८ करोड ४६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
 
नबिलले चुक्ता पुँजी १२.०४% ले बढाएर ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । १२.०४% ले चुक्ता पुँजी बढाउन सफल भएको बैंकको सो अनुपातमा नाफा नबढ्दा प्रतिसेयर आम्दानी भने केही खस्केको छ । बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा १ रुपैयाँ ८६ पैसाले घटेर ४७ रुपैयाँ ६५ पैसामा सिमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा नबिलको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५१ पैसा रहेको थियो । 
 
यता, नबिलको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १७.१५% र ७.५९% ले बढोत्तरी भएको छ । बैंकले निक्षेप संकलन २१.९२% र कर्जा प्रवाह १८.५४% ले बढाएको छ । नबिलको प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ६ पैसा रहेको छ । 
 

Post Your Comment