Market Closed

बैंकहरुले बढाए शानदार नाफा, अधिकांश सूचकमा सुधार

14 Aug,2019
  • growrt_8_14_2019_6_48_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : डेढ दर्जन वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७५–०७६ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको नाफा बढेको छ । त्यस्तै, प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ भने जगेडा कोष पनि मजबुत बन्दै गएको छ । हेरौं यस अवधिमा कुन बैंकको वित्तीय अवस्था कस्तो :
 
१३ बैंकको चुक्ता पुँजी बढ्यो, ५ को यथावत
 
चौथो त्रैमाससम्ममा १३ बैंकले चुक्ता पुँजी बढाएका छन् भने ५ को पुँजी अघिल्लो वर्षकै यथावत रहेको छ । पुँजी यथावत हुनेमा स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, माछापुच्छ्रे, सानिमा र सनराइज बैंक रहेका छन् । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी वृद्धि गर्नेमा एनसीसी बैंक परेको छ ।



एनसीसीको चुक्ता पुँजी ४९.९७% ले बढेर ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी भने कृषि विकास बैंकको १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । तर यो पुँजीमा सरकारको अग्राधिकार सेयर समेत सामेल छ । 
 
१३ बैंकको रिजर्भ कोष बढ्दा ५ को घट्यो
 
गत वर्षको असार मसान्त सम्ममा १३ वाणिज्य बैंकको रिजर्भ कोष बढेको छ । भने ५ को रिजर्भ घटेको छ । रिजर्भ घटाउनेमा सिटिजन्स, माछापुच्छ«े, नेपाल, ग्लोबल आइएमई र एनसीसी बैंक रहेका छन् । सबैभन्दा धेरै रिजर्भ बढाउनेमा सानिमा बैंक रहेको छ ।



सानिमाको रिजर्भ ३६.७८% ले बढेर २ अर्ब २५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यता, नेपाल बैंकको रिजर्भ कोष घटे पनि अहिलेसम्म सबैभन्दा धेरै रिजर्भ कोष भएको बैंक हो । नेपाल बैंकको रिजर्भ कोषमा १३ अर्ब ३४ करोड ५३ लाख ३२ हजार रुपैयाँ रहेको छ । 
 
१७  बैंकको खुद नाफा बढ्यो

यस अवधिमा १७ बैंकले नाफा बढाएका छन् । तर नाफा घटाउनेमा भने नेपाल बैंक परेको छ । नेपाल बैंकको नाफा १८.७७% ले घटेर २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँ आएको हो । धेरै नाफा कृषि विकास बैंकले कमाएको छ । यस बैंकको नाफा १९.१५% ले बढेर ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ भएको छ ।



यता, प्रतिशतमा सबैभन्दा धेरै नाफा बढाउनेमा प्रभु बैंक रहेको छ । प्रभुको नाफा ११२.०४% ले बढेर २ अर्ब ५ करोड ५ लाख रुपैयाँ पुगेको छ । 
 
१७  बैंकको खुद ब्याज आम्दानी बढ्यो, धेरै बढाउनेमा एनसीसी
 
वित्तीय विवरण सार्वजनिक गर्ने १८ वाणिज्य बैंकमध्ये १७ वटाले खुद ब्याज आम्दानी बढाएका छन् । खुद ब्याज आम्दानी घटाउनेमा नेपाल बैंक परेको छ । नेपाल बैंकको खुद ब्याज आम्दानी ३.२६% ले घटेर ६ अर्ब १७ करोड ९१ लाख रुपैयाँमा आएको हो ।



सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा एनसीसी बैंक रहेको छ । एनसीसीको खुद ब्याज आम्दानी ९१.४८% ले बढेर ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै खुद ब्याज आम्दानी भने कृषि विकास बैंकको ७ अर्ब ३७ करोड ३ लाख रुपैयाँ रहेको छ । 
 
१५ बैंकको प्रतिसेयर आम्दानी बढ्यो, नबिलको सबैभन्दा धेरै 

चौथो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्ने १८ मध्ये १५ बैंकको प्रतिसेयर आम्दानी बढेको छ भने ३ को आम्दानी घटेको छ । प्रतिसेयर आम्दानी घट्ने तीन बैंकमा नबिल, नेपाल र मेगा बैंक परेका छन् । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा प्रभु बैंक रहेको छ ।



यस बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसाले बढेर २४ रुपैयाँ १८ पैसा पुगेको छ । तर अहिलेसम्म सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भने नबिल बैंकको ४७ रुपैयाँ ६५ पैसा रहेको छ ।  
 

Post Your Comment