नेपाली पैसा
काठमाडौं : प्रविधिको प्रयोग सँगै सुरक्षा खतरा पनि उत्तिकै बढ्दै गएको छ । बैंकिङ प्रणाली अझ बढी सुरक्षा खतरामा देखिएको हो । शनिबार राति दरबारमार्ग स्थित नबिल बैंकको एटीएमबाट पैसा निकालिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबै चिनियाँ नागरिक रहेको प्रहरीले जानकारी गराएको छ ।
यो घटनासँगै अधिकांश बैंकका एटीएमहरु बन्द गरिएका छन् । तत्काल सुरक्षा अवस्था बुझ्न एटीएमहरु बन्द गरिएका हुन् । यसबाट सेवाग्राहीहरु भने मारमा परेका छन् । एटीएमबाट पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली ह्याक गर्ने प्रयास गरेको हो ।