Market Closed

नबिल बैंकले १ अर्ब १२ करोड खुद नाफा कमाउदा अन्य सूचक कस्तो ?

16 Nov,2019
  • nabil_bank_9_10_2019_10_05_40.jpg
नेपाली पैसा

काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको मा भन्दा ६.७५% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ७४ करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ । 

यता, पुँजी वृद्धिको दबाबमा नबिल बैंकको प्रतिसेयर आम्दानी परेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४३ पैसाले घटेर ४८ रुपैयाँ ९३ पैसामा आएको छ । चुक्ता पुँजी अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी घटेको हो । असोज मसान्तसम्म चुक्ता पुँजी १२.०४% ले बढेको छ । 

नबिलले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३४% लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १२% बोनस सेयर र २२% नगद लाभांश रहेको छ ।

 

Post Your Comment