Market Closed

बंगलादेश बैंकको ३२ प्रतिशत बोनसपछि सेयर बजारमा तेजी

04 Sep,2016
  • Nepal-Bangladesh-Bank_9_4_2016_3_51_52.png
नेपाली पैसा
काठमाडौं : नेपाल बंगलादेश बैंकले ३२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोनस सेयरको प्रस्ताव गर्ने वित्तिकै बजारमा यो बैंकको सेयर कारोबारमा निकै तेजी आएको छ ।

आइतबारमात्रै बंगालदेश बैंकको ३२ करोड २६ लाख रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो बैंकको सेयर भाउ बजार बन्द हुँदा प्रतिकित्ता १२ सय १८ रूपैयाँ पुगेको छ ।

बैंकले बोनस सेयर वितरणपछि ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने जानकारी दिएको छ । बोनस र हकप्रदको लोभमा लगानीकर्ता हौसिएका हुन् । 



Post Your Comment