Market Closed

नेपाल बंगलादेश बैंकको शुक्रबारदेखि २० लाख इकाई ऋणपत्र खुल्ने, १०.२५% ब्याज

21 May,2019
  • Nepal-Bangladesh-bank-Ltd_5_24_2017_10_39_39_8_15_2018_2_49_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बंगलादेश बैंकले शुक्रबार (जेठ १० गते) देखि २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लगानी कोषलाई ५% छुट्याइनेछ । यसआधारमा सामूहिक लगानी कोषहरुले ४० हजार युनिट पाउनेछन् । बाँकी १२ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।  
 
नेपाल बंगलादेश बैंकले १०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र १० वर्षमा परिपक्क हुनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम १ लाख युनिटसम्म आवेदन दिन सक्नेछन् ।
 
यो ऋणपत्रमा छिटोमा जेठ १४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार ८ गतेसम्म भर्न सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउने ‘एलबीबीबी प्लस’ रेटिङ दिएको छ ।
 
यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ७०% कर्जा लगानी, १० लगानी, १०% शाखा विस्तार र १०% अन्य प्रयोजनका लागि उपयोग हुनेछ । नेपाल बंगलादेश बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंबाट पनि फारम भर्न पाइनेछ । 

नेपाल बंगलादेश बैंकको ऋणपत्रका विस्तृत जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment