Market Closed

मिर्मिरे, नागबेली र किसान माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, चुक्ता पुँजी ३८ करोड पुग्ने

14 May,2019
  • IMG20190513211743_5_14_2019_12_04_21.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३ वटा लघुवित्त कम्पनी मर्जरमा जाने भएका छन् । मिर्मिरे लघुवित्त, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्स एकआपसमा गाभिएर एउटै हुने भएका छन् । यी ३ वटै कम्पनीले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । मर्जरपछि पुँजी वृद्धि गरी सबल तथा उत्कृष्ट राष्ट्रियस्तरको लघुवित्त संस्था बन्ने मुख्य उद्देश्य रहेको छ । 
 
हाल मिर्मिरेको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ । यसैगरी, नागबेलीको १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँ र किसानको ८ करोड ९७ लाख ९७ हजार ७९० रुपैयाँ चुक्ता पुँजी रहेको छ । मर्जरपछि बन्ने एकीकृत संस्थाको चुक्ता पुँजी ३८ करोड ६२ लाख ६३ हजार ६९० रुपैयाँ हुनेछ ।
 
यस्तै, मर्जरपछि बन्ने संस्थाको नाम ‘किसान लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने भएको छ । उक्त संस्थाको लोगो र कर्पोरेट कलर भने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम गरिनेछ । संस्थाको केन्द्रीय कार्यालय हाल मिर्मिरेको केन्द्रीय कार्यालय रहेको स्थान बनेपा–८, काभ्रेपलान्चोकमा रहनेछ ।
 
संस्थाको अध्यक्षमा टेक बहादुर बोहरा, प्रमुख कार्यकारी अधिकृतमा कुमार याक्सो तथा नायब प्रमुख कार्यकारी अधिकृतमा बिर्ख बहादुर बोहरा रहनेछन् ।

Post Your Comment