Market Closed

नागबेली लघुवित्तको ४५.४७% बोनस, कर तिर्न २.५३% नगद पनि

13 Oct,2017
  • Nagbeli-laghubitta-bikas_10_13_2017_2_51_09.jpg
नेपाली पैसा
 
काठमाडौं : नागबेली लघुवित्त विकास बैंकले ४५.४७% बोनस र कर तिर्न २.५३% नगद लाभांश वितरण गर्ने भएको । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले बम्बर बोनस दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । हाल नागबेलीको चुक्ता पुँजी ५ करोड २६ लाख ४१ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ३ करोड ३७ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६७ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २० पैसा छ ।
 
 
 
 

Post Your Comment