Market Closed

नागबेलीको ४५.६% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

29 Nov,2017
  • Nagbeli-laghubitta-bikas-bank-Ltd_11_29_2017_11_11_09.jpg
नेपाली पैसा
 
काठमाडौं : नागबेली लघुवित्त विकास बैंकको ४५.६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य २६ सय १३ रुपैयाँ कायम भएको छ । यसआधारमा, बुधबार बैंकको पहिलो कारोबार २६ सय १३ रुपैयाँलाई आधार मानेर खुलेको छ । नागबेलीको औसत आधार मूल्य भने २४ सय ४३ रुपैयाँ हो । नागबेलीले मंसिर २५ गते वार्षिक साधारण सभा गर्न बुधबारदेखि बुक क्लोज गरेको हो । सभामा ४५.६% बोनस सेयर र कर तिर्न २.४% नगद लाभांश दिने प्रस्ताव छ । बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट १००% हकप्रद निष्कासन गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा पेस गरिने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा भने ६ करोड ६३ लाख ३० हजार रुपैयाँ छ । नागबेलीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा ९बार्षिक० रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५५ रुपैयाँ छ ।

Post Your Comment