नागबेलीको साधारण सभा आज, ४५.६०% बोनसपछि १००% हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश गरिंदै

11 Dec,2017
  • Nagbeli-laghubitta-bikas-bank-Ltd_12_11_2017_10_23_59.jpg
नेपाली पैसा
 
काठमाडौं : नागबेली लघुवित्त विकास बैंकको साधारण सभा आज (मंसिर २५ गते) सीपी होटल एन्ड पार्टी प्यालेस, विर्तामोड झापामा बिहान ११.३० बजे सुरु हुँदैछ । सभामा नागबेलीले ४५.६०% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेस गर्दैछ । त्यस्तै, बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट १००% हकप्रद निष्कासन गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा पेश हुँदैछ । सातौं वार्षिक साधारण सभाबाटै हकप्रद जारी गर्ने निर्णय भए पनि विविध कारणले हकप्रद जारी गर्न नसकेपछि अब फेरि ४५.६०% बोनसपछि कायम हुने पुँजीबाट हकप्रद ल्याउने प्रस्ताव भएको कम्पनीले जनाएको छ । सभामा कम्पनीले अधिकृत पुँजी ४० करोड रुपैयाँ पुर्याउने र नाम परिमार्जन गरी नागबेली लघुवित्त वित्तीय संस्था कायम गर्ने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । त्यस्तै, कार्यकारी प्रमुख वा प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सेवा सुविधा वृद्धि गर्ने हुँदा सोही बमोजिम नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १३ गतेदेखि आज (मंसिर २५ गतेसम्म) बुक क्लोज गरेको छ । यसआधारमा मंसिर १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको रिजर्भमा भने ६ करोड ६३ लाख ३० हजार रुपैयाँ छ । नागबेलीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा (बार्षिक) रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५५ रुपैयाँ छ । 

Post Your Comment