Market Closed

नागबेलीको खुद नाफा ३४.९९% घट्यो, प्रतिसेयर आम्दानी ३१.९९ रुपैयाँ

08 May,2018
  • Nagbeli-laghubitta-bikas-bank-Ltd_5_8_2018_10_29_16.jpg
नेपाली पैसा
 
काठमाडौं : नागबेली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिको तुलनामा खुद नाफा ३४.९९% थोरै हो । गत वर्ष यस लघुवित्तको खुद नाफा २ करोड ८२ लाख ८८ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी पनि गत वर्षको भन्दा २८.७३% ले घटेर ३ करोड ८३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।
 
तेस्रो त्रैमाससम्म सञ्चालन नाफा २ करोड १३ लाख २० हजार रुपैयाँ रहेको छ । यो पनि गत वर्ष भन्दा ५२.०४% थोरै हो । नागबेलीले २२ करोड २५ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ करोड ६७ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा ३.७६% र कस्ट अफ फन्ड १०.५०% रहेको छ । 
 
नागबेलीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ । कम्पनीले १००% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रदपछि चुक्ता पुँजी १५ करोड रुपैयाँ भन्दा धेरै हुनेछ । रिजर्भ कोषमा ६ करोड ४५ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १३ पैसा छ ।

नागबेलीको पूर्ण वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment