Market Closed

एनबी इन्सुरेन्सले लिलामीमा बिक्री गरेको सेयरको टेन्डर आज खुल्दै, प्रतीक्षामा लगानीकर्ता

24 Oct,2016
  • auction_10_24_2016_1_39_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनबी इन्सुरेन्सले लिलामीमा बिक्री गरेको ४३ हजार चार सय ३७ कित्ता सेयरको टेन्डर आज खोलिने भएको छ ।  
 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सोमबार दिउँसो ३ः३० बजे राष्ट्रिय नाचघर, जमलमा गोप्य शिलबन्दी टेन्डर खोलिंदैछ । 
 
एनबी इन्सुरेन्सले संस्थापक समूहको एक हजार ६ सय कित्ता र सर्वसाधारण समूहतर्फको ४१ हजार आठ सय ३७ कित्ता सेयर मूल्य बढाबढका आधारमा लिलामीमा बिक्री गरेको हो ।

लगानीकर्ताले यो सेयरमा आवेदन दिने म्याद कात्तिक ५ गतेसम्म थियो । न्यूनतम एक सय रूपैयाँ कायम गरी त्यसभन्दा माथि मूल्य बढाबढका आधारमा बोलपत्र पेस गरिसकेका छन् । 
 
यो सेयरमा अधिकतम प्रतिकित्ता कति रूपैयाँसम्मको आवेदन परेको होला भन्ने आम चासो छ । न्यूनतम एक सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । 
 
पछिल्लो समय इन्सुरेन्स कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण चुलिंदोक्रममा रहेकाले लगानीकर्ताले न्यूनतम मूल्यभन्दा निकै बढी गुणासम्मको दरमा आवेदन दिएको अनुमान गरिएको छ ।