Market Closed

नेपाल बैङ्क : कम्पनी विश्लेषण (आइतवार, ५ भदौ २०७३)

21 Aug,2016
  • neapl_8_21_2016_3_40_27.jpg


२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा ६ गुणा बढेर रू. ३ अर्ब १ करोड पुगेको छ । सञ्चालन मुनाफा उच्च दरले बढ्नुका साथै अघिल्लो आवमा रहेको ६२ करोड ९३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (६८ दशमलव ९३ स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन १८ दशमलव १५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्यरेखा, ७ दिने औसत मूल्यरेखा र ट्रेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ५ सय ३१ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ५ सय ६२ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।