Market Closed

अन्ततः नेपाल बैंकको १ करोड ७६ लाख कित्ता एफपीओ भयो सूचीकरण

11 Nov,2018
  • Nepal-bank-Ltd_8_15_2018_12_35_18.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकको एफपीओ अन्ततः नेप्सेमा सूचीकृत भएको छ । बैंकको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ आइतबार सूचीकृत भएको हो । एफपीओ साउन २० गते नै बाँडफाँट भएपनि विभिन्न विवादका कारण सूचीकरण हुन ढीलो भएको हो ।

बैंकले असार १५ गतेदेखि साउन १३ गतेसम्म प्रतिकित्ता २८० रुपैयाँको दरमा एफपीओ निष्कासन गरेको थियो ।सूचीकरण गरिएकाले अब दोस्रो बजारबाट कारोबार गर्न बाटो खुला भएको छ । सबै सेयर सर्वसाधारणले नकिनेपछि बाँकी सेयर अन्डरराइटरले सकारेका छन् ।

तर एफपीओ बाँडफाँटपछि पनि अन्डरराइटरले कानुन मिचेर मनोमानी ढंगले सेयर बेचेको पाइएपछि सूचीकरण प्रक्रिया लम्बिएको हो । यसै विषयमा धितोपत्र बोर्डले छानविन गरी एफपीओ आफ्नो खातामा ल्याएर मात्र बिक्री गर्न अन्डरराइटरहरुलाई निर्देशन दिएको थियो ।
 

 

Post Your Comment