Market Closed

नेपाल बैंकका नवनियुक्त अध्यक्ष अधिकारीले लिए पद तथा गोपनियताको सपथ

11 Jan,2019
  • Oath_Taking_Ceremony_NBL_1_11_2019_11_43_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीलाई नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरद्वय चिन्तामणि शिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, नेपाल बैंकका सञ्चालक दीपेन्द्र विक्रम थापा र प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह लगायतको उपस्थिति रहेको थियो । 
 
२०२१ मा धादिङ जिल्लाको निलकण्ठ नगरपालिका, सुनौलो बजारमा जन्मिएका अधिकारीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातक, जनप्रशासन र नेपाली साहित्यमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

अधिकारी नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा ३० वर्षको कार्यानुभव हासिल गरी कार्यकारी निर्देशकबाट गत २०७४ चैतमा सेवा निवृत्त भएका थिए । यसअघि नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा जनार्दन शर्मा आचार्य थिए । आचार्यले गत २०७५ मंसिरमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरिसकेका छन् । 

Post Your Comment