Market Closed

नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी घट्यो तर पनि रिजर्भ कोष आकर्षक

29 Apr,2019
  • Nepal-bank-Ltd_8_15_2018_12_35_18.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । खुद नाफा गत वर्षको तुलनामा यस वर्ष १२.५४% ले घटेर २ अर्ब २४ कारोड ५५ लाख ७६ हजार रुपैयाँमा आइपुगेको छ । गत वर्ष बैंकले २ अर्ब ५६ करोड ७७ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 
 
साथै, खुद नाफा घट्दा प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा १२ रुपैयाँ ५ पैसाले घटेर ३० रुपैयाँ ५२ पैसामा आएको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको थियो । 
 
यता, बैंकको सञ्चालन नाफा १३.६३% ले घटेको छ भने खुद ब्याज आम्दानी ३.७३% ले बढेको छ । यो वर्ष सञ्चालन नाफा ३ अर्ब १२ कारोड ३३ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा ३ अर्ब ६१ करोड ६६ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । गत वर्ष ४ अर्ब ५५ करोड ५१ लाख ७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष ४ अर्ब ७२ करोड ५२ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
 
नेपाल बैंकको चैत मसान्त सम्म ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । जगेडा कोष गत वर्षको भन्दा २.४७% ले बढेर १५ अर्ब ६१ करोड १० लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा १५ अर्ब २३ करोड ३६ लाख ८६ हजार रुपैयाँ थियो । त्यस्तै, यस अवधिमा प्रतिसेयर नेटवर्थ ३०४ रुपैयाँ ४७ पैसा रहेको छ ।    
 
नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म १ खर्ब ५ अर्ब ६३ करोड २६ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८८ अर्ब १९ करोड १२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको खरब कर्जा २.७१% रहेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ६.९२% कायम भएको छ । गत वर्ष आधारदर ७.११% थियो ।

नेपाल बैंकको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment