Market Closed

नेपाल बैंकले घोषणा गर्यो २५% लाभांश

18 Nov,2019
  • dividend_11_18_2019_10_58_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बैंकले २५% लाभांश घोषणा गरेको छ । बैंकले १५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्न लागेको हो । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । 

बैंकले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रुपैयाँ पुग्नेछ ।

नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड १८ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ८१ पैसा रहेको छ । दुई दशकपछि सेयरधनीले पहिलोपटक लाभांश पाउँदैछन् । 
 



Post Your Comment