Market Closed

नेपाल बैंकको २५% लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

19 Dec,2019
  • Nepal-bank-Ltd_8_15_2018_12_35_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बैंकको ६० औं वार्षिक साधारण सभा पुस २५ गते बस्ने भएको छ । सभामा बैंकले २५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले १५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्न लागेको हो । नेपाल बैंकले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
 
बैंकको अधिकृत पुँजी १० अर्बबाट बढाएर १५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । साधारण सभा, नेपाल एफपीएफ क्लब, हलचोक, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रुपैयाँ पुग्नेछ । सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्दैछ । ११ र १२ गते क्रमशः शुक्रबार र शनिबार परेकाले पुस १० गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
 

Post Your Comment