Market Closed

पुसमा आएर एजीएम चटारो : कसले कति दिंदैछ लाभांश ?

22 Dec,2019
  • AGM_new_12_22_2019_6_46_38.jpg
इशारा कोइराला 
 
काठमाडौं : सूचीकृत कम्पनीमा यतिबेला लाभांश प्रस्ताव, बुक क्लोज मिति घोषणा र साधारण सभाको चटारो छ । नियामकीय प्रवधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र गत आर्थिक वर्षको साधारण सभा गरिसक्नुपर्ने हुन्छ । यसैलाई आधार मानेर अन्तिम महिना पुसमा मात्रै अहिलेसम्म ५३ कम्पनीले साधारण सभा बोलाएका छन् ।  हुन त सूचीकृत कम्पनीहरुले भदौ–असोजदेखि नै लाभांश घोषणा गरी साधारण सभा बोलाउन सक्छन् । तर अधिकांशमा समय घर्किन लागेपछि काम गर्ने प्रवृत्ति हावी छ ।

यही भएर पनि अन्तिम महिना पुसमा सभाको चटारो बढेको हो । अझ केही कम्पनीले त कानुनी प्रावधानलाई समेत लत्याउँदै पुस अन्तिमसम्ममा पनि सभा गर्ने सुरसार गरेका छैनन् । चालु आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा सम्म निकै न्यून कम्पनीले मात्र लाभांश प्रस्ताव तथा वार्षिक साधारण सभा सम्पन्न गरेको देखिन्छ । आम लगानीकर्ताले पब्लिक कम्पनीहरुमा छिटोछरितो कामको अपेक्षा गरेका हुन्छन् ।

छिटो साधारण सभा गरी लाभांश खातामा पठाउने कम्पनीहरु लगानीकर्ताको नजरमा पर्ने गर्छन् । यस्ता कम्पनीमा संस्थागत सुशासन पनि अब्बल भएको मान्ने गरिन्छ । साधारण सभा मात्र होइन, सूचीकृत कम्पनीहरुले त्रैमासिक रुपमा वित्तीय विवरण प्रकाशित गर्दा पनि अन्तिम समय कुर्ने परम्परा हावी छ । सामान्यतयः त्रैमास सकिएको एक महिना भित्रमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने भए पनि पहिलो १५ दिनसम्म निकै कमले बाहेक अन्यले विवरण सार्वजनिक गर्दैनन् ।

तर अन्तिमका दुई दिनमा भने लगानीकर्तालाई ने अलमलमा पार्ने गरी एकैपटक वित्तीय विवरण सार्वजनिक हुने गरेका छन् । अन्य कतिपय महत्वपूर्ण सूचना प्रवाहमा समेत यस्तै अवस्था छ । यता, सूचीकृत जीवन र निर्जीवन दुवै बिमा कम्पनीहरुले हालसम्म पनि यस वर्ष साधारण सभा मिति तय गरेका छैनन् । अधिकांश बिमा कम्पनीहरुले लाभांश घोषणा गर्न नै बाँकी छ ।

नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार  वित्तीय विवरण तयार गर्न समय लाग्ने भएकाले यी कम्पनीहरुले लाभांश घोषणा र साधारण सभा बोलाउन विलम्ब भएको दाबी गरिंदै आएको छ । यता, बैंक, वित्तबाहेक नागरिक लगानी कोषले कातिक महिनामै सधारण सभा गरेको छ भने नेपाल टेलिकम र जलविद्युत लगानी तथा विकास कम्पनीको लाभांश घोषणा नै हुन बाँकी छ । हामीले पुस महिनामा साधारण सभा गर्ने कम्पनीहरु प्रस्तुत गरेका छौं । हेरौं, कुनकुन समूहका कुन कम्पनीको साधारण सभा पुस महिनामा : 
 
९ वाणिज्य बैंकको साधारण सभा पुसमा
 
सूचीकृतमध्ये ९ वाणिज्य बैंकले पुस महिनामा वार्षिक साधारण सभा बोलाएका छन् । जसमध्ये लक्ष्मी र सिभिल बैंकको आइतबार (पुस ६ गते) मात्रै साधारण सभा सम्पन्न भएको छ । यस आधारमा अहिलेसम्म १४ वटा बैंकको सभा सम्पन्न भएको छ भने दुईको लाभांश घोषणा भए पनि साधारण सभा मिति तय हुन बाँकी छ ।



मिति तय हुन बाँकीमा हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । यता, एनसीसी र सेन्चुरी बैंकको भने लाभांश नै घोषणा हुन नै बाँकी छ । 
 
२ विकास बैंकको साधारण सभा मिति तय
 
नेप्सेमा सूचीकृत २ विकास बैंकहरुले पुस महिनामा साधारण सभा मिति तय गरेका छन् ।



थोरै मात्र विकास बैंकले पुस अघि नै सभा सम्पन्न गरे पनि अझै धेरैको लाभांश प्रस्ताव र सभा मिति तय हुन नै बाँकी छ । 
 
६ वटा फाइनान्स कम्पनीको पुसमा सभा
 
६ वटा फाइनान्स कम्पनीले पुस महिनामा सभा मिति तय गरेका छन् ।



मिति तय गर्ने मध्ये प्रोग्रेसिभ र सिटी एक्सप्रेस फाइनान्सले लगानीकर्तालाई गत वर्षको नाफाबाट कुनै लाभांश प्रस्ताव गरेका छैनन् भने बाँकी ४ ले लाभांश गरेका छन् । 
 
२२ लघुवित्तको साधारण सभा पुसमै
 
सूचीकृत ५० मध्ये २२ लघुवित्त कम्पनीले पुस महिनामा साधारण सभा मिति तय गरेका छन् । केही कम्पनीको भने लाभांश र सभा मिति तय हुँन नै बाँकी छ ।



यता, गणपति र सूर्योदय लघुवित्तको सभा सम्पन्न भइसकेको छ । २० को सभा हुन बाँकी छ । घोडीघोडा र ग्रामिण विकास लघुवित्तको लगानीकर्तालाई लाभांश छैन । 
 
२ होटलको साधारण सभा पुसमा
 
नेप्सेमा सूचीकृत ३ होटलमध्ये २ वटाले पुसमा वार्षिक साधारण सभा डाकेका छन् । पुस महिनामा साधारण सभा डाक्नेमा तारागाउँ रिजेन्सी र सोल्टी होटल रहेका छन् । सूचीकृत ओरियन्टल होटल्सले कात्तिक ७ गते नै साधारण सभा गरेर गत वर्षको नाफाबाट १५.७९% लाभांश प्रस्ताव पारित गरिसकेको छ ।



ओरियन्टलले गत वर्षको नाफाबाट ५% बोनस सेयर र १०.७९% नगद लाभांश दिएको हो । लाभांश लगानीकर्ताको खातामा पठाइ सकेको छ । 
 
२ उत्पादनमूलक कम्पनीको सभा पुसमै 
 
उत्पादनमूलक तथा प्रशोधन समूह अन्तर्गतका दुई कम्पनीको सभा पुस मै तय भएको छ ।



हिमालयन डिष्टिलरीको सभा पुस १ गते सम्पन्न भएको छ भने नेपाल ल्यूव आयलको पुस २३ गतेलाई मिति तोकिएको छ । 
 
१० जलविद्युत् कम्पनीको सभा पुसमा, ५ को छैन लाभांश 
 
हालसम्म सूचीकृत १० वटा जलविद्युत् कम्पनीले पुस महिनामा वार्षिक साधारण सभा बोलाएका छन् । यीमध्ये रिडी हाइड्रोपावरको सभा भने पुस ४ गते सम्पन्न भइसकेको छ । उक्त सभाले लगानीकर्तालाई ५.२६% बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।



यता, पुसमा वार्षिक साधारण सभा बोलाएका ५ कम्पनीले भने लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेका छैनन् । लाभांश प्रस्ताव नगर्नेमा अधिकांश भखर्रै सञ्चालनमा आएका कम्पनी छन् ।

Post Your Comment