Market Closed

नेपाल बैंकको २५% लाभांश सुरक्षित गर्ने आजै अन्तिम दिन

26 Dec,2019
  • Nepal-bank-Ltd_8_15_2018_12_35_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बैंकको २५% लाभांश सुरक्षित गर्ने आज बिहीबार (पुस १० गते) अन्तिम दिन हो । बैंकको पुस २५ गते बस्ने वार्षिक साधारण सभाका लागि आइतबार (पुस १३ गते) बुक क्लोज हुँदैछ । तसर्थ, बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले बैंकको प्रस्तावित लाभांश पाउनेछन् । ११ र १२ गते क्रमशः शुक्रबार र शनिबार परेकाले पुस १० गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने भएका हुन् । 
 
बैंक सञ्चालक समितिले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्न लागेको हो । नेपाल बैंकले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
 
बैंकको अधिकृत पुँजी १० अर्बबाट बढाएर १५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । साधारण सभा, नेपाल एफपीएफ क्लब, हलचोक, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । हाल यस बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रुपैयाँ पुग्नेछ । 

नेपाल बैंकको साधारण सभाको विस्तृत जानकारी लिन यो लिंकमा क्लिक गर्नुहोस् । 

Post Your Comment