Market Closed

नेपाल बैंकको नगद लाभांश पुग्यो सेयरधनीको खातामा

15 Jan,2020
  • dividdends_img_1_15_2020_10_56_12.png
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बैंकले सेयरधनीलाई १०% नगद लाभांश बैंकमा खातामा पठाएको छ । बैंकले पुस २५ गतेबाट नै डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । यता, नेपाल बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ ।

अपडेट गरेपछि लाभांश पाइनेछ । बैंकको पुस २५ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५% बोनस सेयर र १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।

Post Your Comment