नेपाल बैंकको वित्तीय अवस्था सामान्य प्रभावित, के छ चुनौती

09 Aug,2020
  • profit_nes_5_11_2020_6_15_20.jpg
नेपाली पैसा
 
काठमाडौं : वाणिज्य बैंकहरुमध्ये गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्नेमा नेपाल बैंक पहिलो बनेको छ । यो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको अधिकांश सूचक घटेको छ । असार मसान्तसम्म यस बैंकले २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १.५५% ले थोरै हो । गत वर्ष यस बैंकले २ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको थियो ।



बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९.२१% र २०.९२% ले घटेको छ । यस्तै, बैंकको वितरणयोग्न नाफा पनि ३५.९५% ले घटेको छ । चौथो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसाले घटेर २२ रुपैयाँ ६६ पैसामा आएको छ ।

यसको प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा रहेको छ । लक डाउनका कारण नाफा सामान्य प्रभािवत भएको बैंकको भनाई छ । यसअवधिमा फि तथा अन्य कमिसनबाट हुने नाफा पनि सामान्य प्रभावित भएको छ ।वित्तीय संस्थाहरुमा प्रतिस्पर्धा बढेको, कोभिडले समग्र अर्थतन्त्रमा असर पुर्याएको तथा कर्जा असुलीमा पनि समस्या बढेको बैंकले उल्लेख गरेको छ । 
 
 
 
 
 

Post Your Comment