Market Closed

एनसीसीको संस्थापक सेयरमा पनि नागरिक लगानी कोषको नजर, सबै उठाउने दाउ

06 Jan,2019
  • auction-1400x601_3_22_2018_6_56_23.jpg
नेपाली पैसा
 
काठमाडौं : एनसीसीको संस्थापक सेयरमा पनि नागरिक लगानी कोषले सबै कित्ताका लागि बोलपत्र पेश गरेको छ । एनसीसीले खुला गरेको संस्थापक र सर्वसाधारण दुवै समूहको सेयरमा नागरिक लगानी कोषले लगानी गर्न चाहेको हो । संस्थापक समूहको सेयरमा खुला भए जति सबै कित्ताका लागि कोषले १०१ रुपैयाँका दरले बोलपत्र पेश गरेको छ । लिलामी बाँडफाँट प्रक्रिया चलिरहेकाले सबै कित्ता कोषले पाउने हो वा होइन भन्ने चाहिँ यकिन भइसकेको छैन ।
 
यता, नागरिक लगानी कोषले सर्वसाधारण समूहमा पनि खुला भए जति सबै कित्ताका लागि बोलपत्र पेश गरेको छ । सर्वसाधारण समूहको सेयरमा प्रतिकित्ता १९१ रुपैयाँका दरले आवेदन दिएको हो । लिलामी खोल्ने कार्य जारी रहेकाले कोषले दुवै समूहमा कति कित्ता पाउँछ भन्ने अन्तिम टुंगो भने लाग्न बाँकी छ । बिक्री प्रबन्धकका अनुसार सबै सेयर बिक्री हुने निश्चित भएको छ ।
 
बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले नागरिक लगानी कोषले दुवै समूहको खुला भएको सबै कित्ता सेयरमा आवेदन दिएको नेपाली पैसालाई जानकारी गराए । संस्थापक समूहतर्फ प्रतिकित्ता १०१ रुपैयाँ र सर्वसाधारणमा १९१ रुपैयाँका दरले कोषले आवेदन दिएको उनले बताए । कोषले सबै कित्ताका लागि आवेदन दिएकाले कोषले कबोल गरेको मूल्य नै कट अफ प्राइस हुने भएको छ । लिलामीको अन्तिम विवरण आउन भने साँझसम्म लाग्ने श्रेष्ठको भनाई छ । 
 
एनसीसीले पुस ११ देखि २० गतेसम्म संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यो लिलामीमा सर्वसाधारण समूह तर्फ ४ हजार ९ सय भन्दा बढी र संस्थापकमा ११९ वटा आवेदन परेको छ । 
 
नागरिक लगानी कोष पस्ने समाचार सार्वजनिक भएपछि आइतबार दोस्रो बजारमा पनि एनसीसीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यो बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । सेयर भाउ पनि २.३५% ले बढेको छ । 

एनसीसी बैंकमा नागरिक लगानी कोष छिर्ने संकेत, १९१ रुपैयाँमा सबै कित्ताका लागि आवेदन

Post Your Comment