Market Closed

रिलायन्स लाइफको इन्सुरेन्स पोलिसी अब एनसीसी बैंकबाट, भयो बैंकएस्योरेन्स सम्झौता

11 Apr,2018
  • nccb_4_11_2018_12_08_13.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र रिलायन्स लाइफ इन्सुरेन्सबीच बैंकएस्योरेन्स सम्झौता भएको छ । मंगलबार यी दुई कम्पनीले एनसीसी बैंकको कर्पोरेट तथा शाखा कार्यालयहरुबाट रिलायन्स लाइफ इन्सुरेन्सको पोलिसी बिक्री गर्ने सम्झौता गरेका हुन् ।

सम्झौतामा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र रिलायन्स लाइफ इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
 

Post Your Comment