Market Closed

एनसीसीले लिलामी सेयर नपाउनेलाई दिन थाल्यो पैसा फिर्ता, खातामा नआए के गर्ने ?

15 Jan,2019
  • Refund_1_15_2019_1_10_22.jpg
नेपाली पैसा
 
काठमाडौं : एनसीसी बैंकले मंगलबार (माघ १ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । बैंकले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाकै खातामा रकम फिर्ता गर्नेछ ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइने बैंकले जनाएको छ । कुनै कारणले खातामा रकम जम्मा हुन नसकेका आवेदकलाई भने सनराइज क्यापिटल लिमिटेड कमलापोखरी काठमाडौंले चेक मार्फत रकम फिर्ता गर्नेछ ।

यता, रकम फिर्ता गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियम अनुसार शुल्क लागेमा त्यो शुल्क आवेदकले नै तिर्नुपर्ने बैंकले उल्लेख गरेको छ ।

एनसीसीले पुस ११ देखि २० गतेसम्म संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । जसमा सर्वसाधारण समूहको सेयरमा २०१ रुपैयाँ र संस्थापक तर्फको सेयरमा १०१ रुपैयाँ कट अफ प्राइस तोकिएको थियो । बैंकको दुवै समूहको सेयर सबै बिकेको हो । 
 

Post Your Comment