Market Closed

एनसीसीको खुद नाफा बढेपनि प्रतिसेयर आम्दानीमा गिरावट, चुक्ता पुँजी अझै पुगेन

05 Feb,2019
  • Nepal-credit-and-commercial-bank-Ltd_7_31_2018_10_34_40.jpg
नेपाली पैसा
 
काठमाडौं : एनसीसी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड ११ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा ३९.८३% ले नाफा बढाएको हो । गत वर्ष एनसीसीले ५३ करोड १९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा वितरण योग्य नाफा ६४ करोड ३९ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वितरण योग्य नाफा २७ करोड ७४ लाख ८७ हजार रुपैयाँ थियो । 
 
एनसीसीको खुद ब्याज आम्दानी ११७.८५% ले बढेर १ अर्ब ४६ करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा खुद ब्याज आम्दानी ६७ करोड २६ लाख ८० हजार रुपैयाँ मात्र थियो । यस्तै, सञ्चालन नाफा पनि ३६.८६% ले बढाएर १ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा १ अर्ब ३४ करोड ११ लाख ११ हजार रुपैयाँ रहेको थियो । 
 
एनसीसीले ६४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५८ अर्ब ४४ करोड २३ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यसै अवधिमा ५९ अर्ब १५ करोड २७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेर ४९ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यसले खराब कर्जा ०.५१% ले घटाएर ३.५३% मा झारेको छ । कस्ट अफ फन्ड ७.९५% र बेस रेट १०.८७% रहेको छ ।
 
पुस मसान्तसम्म एनसीसीको चुक्ता पुँजी जम्मा ७ अर्ब  १ करोड ८५ लाख ५ हजार ५९ हजार रुपैयाँ रहेको छ । यता, बैंकको जगेडा कोष १०.८८% ले बढेर ४ अर्ब १७ करोड ९३ लाख रुपैयाँ जम्मा भएको छ । गत वर्ष बैंकको जगेडा कोषमा ३ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी गत वर्ष भन्दा १ रुपैयाँ ५३ पैसाले घटेर २१ रुपैयाँ १२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५५ पैसा छ ।

एनसीसी बैंकको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment