Market Closed

एनसीसी बैंकको खुद नाफा अर्ब नाघ्यो, अन्य सूचकको अवस्था कस्तो ?

09 May,2019
  • Nepal-credit-and-commercial-bank-Ltd_7_31_2018_10_34_40.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा अर्बपतिको सूचीमा उक्लिएको छ । यस अवधिमा बैंकले १ अर्ब १६ करोड ४० लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३१.०८% ले बढी हो ।
 
गत वर्ष यसै अवधिमा बैंकले ८८ करोड ८० लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा वितरण योग्य नाफा ८३ करोड ९९ लाख ४४ हजार रुपैयाँ रहेको थियो । एसीसीले यस अवधिमा खुद ब्याज आम्दानी ३१.८०% ले बढाएर १ अर्ब ६३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । 
 
बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब २४ करोड २४ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ५४.७६% ले बढेर २ अर्ब २३ करोड ८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ४४ करोड १४ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
 
चैत मसान्तसम्म पनि बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले निर्धारण गरे अनुसार ८ अर्ब पुगेको छैन । यस अवधिमा चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब २७ करोड ७६ लाख १८ हजार रुपैयाँ जम्मा भएको छ । रिटेन्ड् अर्निङ १ अर्ब ७८ करोड ९९ लाख ५२ हजार रुपैयाँ छ । 
 
यस अवधिमा बैंकले ६१ अर्ब ४५ करोड ९८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । ग्राहकलाई ५६ अर्ब ८० करोड ७९ लाख ५ हजार रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थालाई २ अर्ब २४ करोड ४६ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
एनसीसीको प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिमा भन्दा ३ रुपैयाँ ९१ पैसाले बढेर २४ रुपैयाँ ७० पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ ७९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ६६ पैसा रहेको छ ।

एनसीसी बैंकको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment