Market Closed

एनसीसी बैंकको १५.८९% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम अवसर

08 Aug,2019
  • Nepal-credit-and-commercial-bank-Ltd_7_31_2018_10_34_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनसीसी बैंकको १५.८९% बोनस सेयर सुरक्षित गर्ने बिहीबार (साउन २३ गते) अन्तिम दिन हो । एनसीसीले भदौ २३ गते साधारण सभा गर्न आइतबार (साउन २६ गते) बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले लगानीकर्ताले बोनस पाउन बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ । 
 
 एनसीसीले बीसौं र एक्काइसौं वार्षिक साधारण सभा एकै साथ बोलाएको हो । राष्ट्रिय सभा गृहमा भदौ २३ गते बिहान ११ बजे साधारण सभा बस्नेछ । सभामा आर्थिक वर्ष २०७४–७५ को नाफाबाट सेयरधनीलाई १५.८९% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
 
एनसीसीको हाल चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ छ ।  प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ । बैंकले एफपीओ निष्कासन गर्न विशेष प्रस्ताव पनि साधारण सभामा लैजानेछ । सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । 
 
 अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जान वा वैदेशिक रणनीतिक साझेदारी खोज्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ ।

एनसीसी बैंकको साधारण सभाको सूचना यहाँबाट हेर्नुहोस् । 
 
 

Post Your Comment