Market Closed

एनसीसी बैंकले डेढ अर्ब रुपैयाँ नाफा कमाउदा रिटेन्ड अर्निङ ८३१.८६% ले बढ्यो

14 Aug,2019
  • Nepal-credit-and-commercial-bank-Ltd_8_14_2019_9_23_49.jpg
नेपाली पैसा 

काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब ५२ करोड ६८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको भन्दा १३.८१% ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब ३४ करोड १५ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब १९ करोड ९७ लाख ९१ हजार रुपैयाँ रहेको छ । 

एनसीसीको चौथो त्रैमासमा रिजर्भ कोष ०.६१% ले घटेको छ भने रिटेन्ड अर्निङ ८३१.८६% ले बढेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ९१.४८% र सञ्चालन नाफा २०.७६% ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५८ पैसा रहेको छ । एनसीसीको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेको छ ।

Post Your Comment