Market Closed

बैंकको ब्याजदर सस्तियो, अब कतिमा पाइन्छ ऋण ?

15 Jan,2020
  • interest_1_15_2020_7_44_09.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) सहज हुँदै गएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा ५० अर्ब रुपैयाँ बराबरको अधिक तरलता रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै भएपछि अधिक तरलताको अवस्था आएको हो ।तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ । यस्तै, केही दिनअघि केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गर्दै घरजग्गा, गाडी लगायतका क्षेत्रमा प्रवाह हुने व्यक्तिगत कर्जामा कडाई गरेको थियो ।

यसले पनि तरलता थप सहज भएको अनुमान छ । वित्तीय संस्थाले अधिकतम कर्जा यही क्षेत्रमा प्रवाहित गर्दै आएका थिए । यिनी प्रावधानहरुका बीच तरलता सहज भएपछि बैंकहरुले घटाएर नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । यद्दपि, पुस मसान्त सकिसकेको अवस्थामा बैंकहरुले कात्तिक मसान्त (पहिलो त्रैमास) को आधारदरलाई आधार मानेर धमाधम नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।  हेरौं, यसैबीच कुन–कुन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर :
 
ग्लोबल आइएमई बैंक 
 
ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर पाइनेछ । यता, बैंकले बचततर्फ न्यूनतम ०.७५% देखि अधिकतम ६% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४४% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (१.२५%–६%), घर कर्जामा (५%), गाडी र शैक्षिक कर्जामा (१.५–६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ । 
 
एनसीसी बैंक 
 
एनसीसी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर हुनेछ । बैंकले बचतमा न्यूनतम ३% देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर कर्जामा (६%), घर कर्जामा (४%–६%), गाडीमा (४%), शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ । 
 
सेन्चुरी कमर्सियल बैंक 
 
सेन्चुरीले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.६०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम १% देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिनेछ । बैंकको असोज मसान्तसम्मको आधार दर १०.४५% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम हुनेछ । जसअनुसार सेयर कर्जामा (२.२५%–४.२५%), घर कर्जामा (१.२५%–५.२५%), गाडी कर्जामा (२%–६%), शैक्षिक कर्जामा (१.५०%–३.५०%) प्रिमियम थप गरेर कर्जा दिनेछ । 
 
हिमालयन बैंक 
 
हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर निर्धारण भएको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याजदर दिनेछ । बैंकको असोज मसान्तसम्मको आधार दर ८.९३% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर कर्जामा (५.५०%), घर कर्जामा (५.२५%–५.५०%), शैक्षिक कर्जामा (५%) प्रिमियम थप गरेर कर्जा दिएको छ । 
 
देवः विकास बैंक 
 
देवः विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा (९%–१०%) र संस्थागत मुद्दति निक्षेपमा १०% ब्याजदर तय भएको छ । यता, बचततर्फ भने न्यूनतम ६.५०% देखि अधिकतम ७% सम्म ब्याजदर रहनेछ । बैंकको असोज मसान्तसम्मको आधार दर ११.४६% छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । जसअनुसार सेयर कर्जामा १%–५%), घर र शैक्षिक कर्जामा (१%–६%) प्रिमियम थप गरेर कर्जा पाइनेछ । 
 
महालक्ष्मी विकास बैंक 
 
महालक्ष्मी विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३% देखि अधिकतम ७% सम्म ब्याजदर रहेको छ । बैंकको असोज मसान्तसम्मको आधार दर ११.४७% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ । जसअनुसार सेयर, गाडी, घर र शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । 
 
गरिमा विकास बैंक 
 
गरिमा विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १०% ब्याजदर रहेको छ । बैंकले बचततर्फ न्यूनतम ६.५०% देखि अधिकतम ७% सम्म ब्याजदर दिनेछ । बैंकको असोज मसान्तसम्मको आधार दर ११.२०% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । जसअनुसार सेयर, गाडी, घर र शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ । 
 
 
 
 

Post Your Comment