Market Closed

एनसीसी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा रेटिङ कस्तो ?

20 Feb,2020
  • Nepal-credit-and-commercial-bank-Ltd_7_31_2018_10_34_40.jpg
नेपाली पैसा
 
काठमाडौं : एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।

यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर पाइनेछ । बैैंकले १० बर्ष अवधिको एनसीसी ऋणपत्र–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
 
धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम रुपमा ऋणपत्रका लागि तयारी गरीरहेको छन् । ऋणपत्रको शतप्रतिशत कर्जा प्रवाह गर्न पाइने भएकाले पनि थप उत्साह बढेको हो ।
 

Post Your Comment