Market Closed

सांग्रिला र नेपाल कम्युनिटीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

31 Dec,2018
  • Book_close_12_31_2018_11_45_27.jpg
नेपाली पैसा
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकको ९.४५% लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । पुस ३० गते हुने वार्षिक साधारण सभाको लागि बैंकले मंगलबार (पुस १७ गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा, सोमबारसम्म कायम सेयरधनीले मात्र बैंकले दिने लाभांश सुरक्षित गर्नेछन् । बैंकले गत वर्षको नाफाबाट ४% बोनस र ५.४५% नगद लाभांश वितरण गर्न लागेको हो ।
 
यता, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ७.४२% लाभांश सुरक्षित गर्ने पनि सोमबार अन्तिम दिन हो । पुस ३० गतेको वार्षिक साधारण सभामा बैंकले १% बोनस र ६.४२% नगद लाभांश वितरण गर्न लागेको छ । यसका लागि मंगलबार (पुस १७ गते) देखि बुक क्लोज हुने भएकाले आइतबारसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्नेछन् ।

Post Your Comment