Market Closed

नेपाल कम्युनिटीको सेयर कारोबार रोकियो, तिनाउ मिसनले एक्वायर गर्ने

22 May,2019
  • 1_3_11_2019_12_36_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर कारोबार बुधबार (जेठ ८ गते) देखि रोक्का भएको छ । हाल मर्जर प्रक्रियामा रहेका तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकले एक्वायर गर्ने भएपछि नेपाल कम्युनिटीको सेयर कारोबार रोकिएको हो ।
 
यी बैंकहरुले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि गरिसकेका छन् । यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मार्जर सम्बन्धी प्रारम्भिक सम्झौता (एमओयु) भइसकेको छ । मर्जर प्रक्रियामा रहेकाले यी दुवै बैंकको सेयर कारोबार पनि रोक्का छ ।
 
अहिले यी बैंक मर्ज भएर बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटीलाई एक्वायर गर्ने सम्झौता भएको हो । यसअघि, तिनाउ र मिसनले मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हाल तिनाउको प्रमुख कार्यकारी अधिकृत रहेका प्रदिप कुमार श्रेष्ठलाई निरन्तरता दिइने सम्झौता गरेका थिए । यस्तै, हाल मिसनको सीइओ रहेका हरि प्रसाद धिमिरेलाई भने नायव सीइओको जिम्मेवारी दिइने सम्झौतामा उल्लेख रहेको थियो ।

Post Your Comment