Market Closed

नेपाल कम्युनिटीको ८.६१% बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, जेठ १८ मा एजिएम

10 May,2018
  • Nepal-community-development-bank_Ltd_5_10_2018_12_46_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ८.६१% बोनस सेयर सुरक्षित गर्ने बिहीबार (वैशाख २७ गते) अन्तिम दिन हो । बैंकले जेठ १८ मा साधारण सभा गर्न शुक्रबार (वैशाख २८ गते) देखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र बोनस पाउने हुँदा नयाँ लगानीकर्ताले बिहीबार भित्रै यस बैंकको सेयर किनिसक्नुपर्ने हुन्छ ।
 
सभामा बैंकले ८.६१% बोनस सेयर र ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । नेपाल कम्युनिटीले हाल कायम ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ चुक्ता पुँजीको ८.६१% बोनस दिन लागेको हो । सभामा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
 
साधारण सभा दरबार लन प्रा.लि. रुपन्देहीमा विहान ९ बजे सुरु हुनेछ । बोनसपछि पुँजी ५२ करोड ६३ लाख ७७ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यो बैंकले २ करोड १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ २ पैसा छ ।
 

Post Your Comment