Market Closed

नेपाल कम्युनिटीको ८.६१% बोनसमा मूल्य समायोजनपछि कतिमा खुल्यो कारोबार ?

14 May,2018
  • Nepal-community-development_5_14_2018_11_09_04.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ८.६१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यस बैंंकको सेयर भाउ प्रतिकित्ता १३५.३५ रुपैयाँ कायम भएको छ । सोमबार नेपाल कम्युनिटीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १८१.६७ रुपैयाँ छ ।

बैंकले जेठ १८ गते हुने वार्षिक साधारण सभामा ८.६१% बोनस सेयर दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि शुक्रबार (वैशाख २८ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । साधारण सभा दरबार लन प्रा.लि. रुपन्देहीमा विहान ९ बजे सुरु हुनेछ । बोनसपछि पुँजी ५२ करोड ६३ लाख ७७ हजार रुपैयाँ पुग्नेछ । 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यो बैंकले २ करोड १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ २ पैसा छ ।

Post Your Comment