Market Closed

नेपाल कम्युनिटीको साधारण सभा सुरु, ८.६१% बोनस प्रस्ताव पेश गरियो

01 Jun,2018
  • Nepal-community-development-bank_Ltd_6_1_2018_10_35_48.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा शुक्रबार (जेठ १८ गते) दरबार लन प्रा.लि. रुपन्देहीमा भइरहेको छ । सभामा ८.६१% बोनस सेयर र ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश भएको छ । त्यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश भएको छ ।
 
नेपाल कम्युनिटीले हाल कायम ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ चुक्ता पुँजीको ८.६१% बोनस दिन लागेको हो । बोनसपछि चुक्ता पुँजी ५२ करोड ६३ लाख ७७ हजार रुपैयाँ पुग्नेछ । सभा प्रयोजनको लागि बैंकले वैशाख २८ देखि शुक्रबारसम्म बुक क्लोज गरेको छ । वैशाख २७ गतेसम्म कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यो बैंकले २ करोड १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ २ पैसा छ ।

Post Your Comment