Market Closed

नेपाल कम्युनिटीले ८.८१% बोनस खातामै पठायो, डिम्याट नभएकाले के गर्ने ?

02 Sep,2018
  • Nepal-community-development-bank_Ltd_6_1_2018_10_35_48.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले ८.८१% बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको छ । बैंकले गत वैशाख २७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस खातामै जम्मा गरिदिएको हो । हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीले भने डिम्याट गरेपछि मात्र सेयर पाउने बैंकले जनाएको छ ।
 
नेपाल कम्युनिटीले गत जेठ १८ गते वार्षिक साधारण सभा गरी बोनस पारित गरेको थियो । सेयर धितो राखी कर्जा लिएका सेयरधनीले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपछि मात्र बोनस पाउने बैंकले जनाएको छ ।
 
नेपाल कम्युनिटीले बोनसपछि चुक्ता पुँजी ५२ करोड ६३ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले ४ करोड ३१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ७५ पैसा छ ।

Post Your Comment