नेपाल कम्युनिटीको ६.४२% नगद लाभांश आयो खातामा, तपाईं पनि चेक गर्नुस् है

13 Feb,2019
  • Nepal-community-development-bank_Ltd_6_1_2018_10_35_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले ६.४२% नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ । बैकले माघ १८ गतेसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएकाहरुको मात्र नगद जम्मा गरीदिएको हो । यस्तै, बैंकले माघ १८ गतेभन्दा पछि डिम्याट खातासँग बैंक खाता अध्यावधिक गर्नेहरुको पनि खातामै नगद जम्मा गरिदिने तयारी गरेको जनाएको छ । 
 
हालसम्म पनि डिम्याट नगरेकालाई भने बैंकले तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । यसका लागि लगानीकर्ताले आफ्नो खाता भएको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् ।

त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुनेछ । बैंकको पुस ३० गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ६.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो  । 
 
 
 

Post Your Comment