Market Closed

अटो लोनमा राष्ट्र बैंकको काडाई, अब निजी गाडी किन्न ५०% डाउनपेमेन्ट आवश्यक

07 Nov,2018
  • nrb_bank_10_31_2018_1_09_47.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले निजी सवारी साधन खरिद गर्दा मूल्यको ५०% मात्र ऋण दिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिलाई व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न सवारी साधनको मूल्यको अधिकतम ५०% मात्र ऋण दिन पाउने व्यवस्था गरेको हो । 

अब गाडी खरिदकर्ताले ५०% पैसा आफैंले तिर्नुपर्नेछ । यसअघि ६५% सम्म ऋण बैंकले दिन पाउँथे । यस्तै, व्यक्तिगत विद्युतीय सवारी साधन खरिद गर्नका लागि ८०% सम्म ऋण लिन पाइने छ । न्यूनतम ४० सीटको सार्वजनिक यातायात, निर्माण कार्य एंव पर्यटक, शिक्षा, स्वास्थ्य र ढुवानी जस्ता सेवाका लागि प्रयोग हुने सवारी साधनको हकमा यो सीमा लागू नहुने जनाएको छ ।
 
सवारी साधनको उच्च आयातले नेपालको व्यापार घाटा बढिरहेको छ । सवारी साधनमा कर बढाएपनि माग उच्च भएपछि अनुत्पादशील क्षेत्रमा बढ्ने लगानीमा राष्ट्र बैंकले कडाई गर्न खोजेको हो । अर्कोतर्फ व्यक्तिगत सवारी साधनमा बैंकहरुले सहजै ऋण दिँदै आएका छन् । राष्ट्र बैंकको अंकुसपछि बैंकहरुको अनुत्पादनशील क्षेत्रमा लगानी पनि केही घट्नेछ ।

Post Your Comment