सेयर बजारको रंग फेरियो, सूचकसँगै कारोबार रकममा पनि सुधार

06 Dec,2018
  • bullvsbear_12_4_2018_3_14_34.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंकर्स संघले ब्याजदरमा कायम गरेको सहमति तोडेपछि भारी अंकले ओरालो लागेको बजार बिहीबार केही सम्हालिएको छ । सेयर बजारमा बिहीबार सामान्य सुधार आएको छ । साताको अन्तिम दिन बजारलाई कारोबार रकमले पनि साथ दिएको छ । बुधबार २२ अंकले घटेको बजार बिहीबार भने केही सकारात्मक बनेको छ । तर समग्रमा बजार अझै अस्थिर नै देखिन्छ ।
 
बजार बढ्ने आशामा रहेका लगानीकर्तालाई मंगलबारको बैंकर्स संघको निर्णयले झन् निराष बनाएको छ । संघले व्यक्तिगत निक्षेपतर्फ बैंकहरुले आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने स्वतन्त्रता दिएपछि यसको प्रत्यक्ष असर बजारमा देखिएको छ । पहिलेदेखि नै उच्च रहेको बैंक ब्याजदर संघको निर्णयपछि झन बढ्ने भएको छ । बिहीबार नै कुमारी बैंकले मुद्दति निक्षेपमा १३% ब्याज दिने घोषणा गरेको छ ।
 
निक्षेपमा ब्यादर बढ्दा कर्जाको पनि स्वतः बढ्न जान्छ । यसबाट कर्जा लिन पनि असहज हुन जन्छ । उसो त निक्षेपमा प्रतिफल धेरै हुँदा लगानीकर्ता पनि बजार भन्दा बैंक निक्षेपतर्फ धेरै आकर्षित हुने गर्दछन् । बैंक ब्याजदर र सेयर बजारको जहिले पनि विपरित सम्बन्ध हुने गरेको छ ।


 
अहिले नेपालको पुँजी बजारलाई गति दिन पनि ब्याजदरमा नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिन्छ । ब्याजदरमा प्रतिस्पर्धा भयो भने बजार झन् तल जाने देखिन्छ । बिहीबार नेप्से सूचक २.७० अंकले बढेर ११२०.८४ विन्दुमा पुगेको छ । समग्रमा बजार ०.२४% ले बढेको हो । १६२ कम्पनीको ३७ करोड ९ लाख भन्दा धेरैको सेयर कारोबार भएको छ । कुल १३ लाख ७४ हजार ३४६ कित्ता सेयर किनबेच भएका छन् ।
 
जलविद्युत र उत्पादनमूलक समूहबाहेक अन्य सबै समूहको सूचक हरियो देखिएको छ । सबैभन्दा धेरै जीवन बिमा समूह ४४.०७ अंकले बढेको छ । वाणिज्य बैंकमा पनि २.५५ अंकको सुधार देखिएको छ । एननएमबि बैंकको सबैभन्दा धेरै ४ करोड ४६ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । रकमका अधारमा नेपाल बैंक दोस्रो र ग्लोबल आइएमई बैंक तेस्रो भएका छन् । 

करोबार रकमका आधारमा प्रमुख १० कम्पनी :


 

Post Your Comment