मार्केट मेकर ल्याउने काम के हुँदैछ ? धितोपत्र बोर्डले नेप्सेसँग माग्यो जानकारी

06 Dec,2018
  • 2_12_6_2018_4_05_11.jpg
नेपाली पैसा
 
काठमाडौं : धितोपत्र बोर्डले बजार निर्माता (डिलर) ल्याउनका लागि भएको कामको प्रगति विवरण नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग माग गरेको छ । नेप्सेले गत कात्तिक २० देखि अनलाइन कारोबार प्रणाली सुरु गरिसकेको भन्दै बोर्डले बजार निर्माता (डिलर) लाई प्रवेश गराउन भइरहेको तयारीको बारेमा जानकारी मागेको हो । पुँजी बजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले बजार निर्माता (डिलर) आवश्यक रहेको बोर्डको भनाई छ ।
 
मार्केट मेकरले धितोपत्रको खरिद तथा विक्री दुवै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा विक्री गरी बोर्डले तोकेको व्यवस्था अनुसार कारोबार गर्न तथा अन्डरराइटिङसमेत गर्न पाउने बोर्डले जनाएको छ । धितोपत्र बजारमा बजार निर्माता (डिलर) को प्रवेशले दोस्रो बजारको दायरा फराकिलो बनाउने र पुँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डले विश्वास गरेको छ ।
 
बोर्डले आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रममा पुँजी बजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले बजार निर्माता (डिलर) लाई पुँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने कार्यक्रम ल्याएको छ । 

Post Your Comment