Market Closed

पुँजी बजारको सुस्त गतिले अब विस्तारै रफ्तार लिने आशा, कारोबार रकममा सुधार

10 Jan,2019
  • bulll_mm_1_10_2019_3_16_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजारको सुस्त चालले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । नेप्से सूचक सुस्त भए पनि कारोबार रकममा भने विस्तारै तेजी आउने क्रम जारी छ । पुस मसान्तको असरका कारण बजार केही सुस्त भएको अनुमान छ । पुसमा साना–ठूला सबै प्रकारका लगानीकर्ता कर तथा बैंक कर्जाको साँवा तथा ब्याज तिर्ने चपेटामा परेका हुन्छन् ।

बैंकिङ प्रणालीमा पनि तरलता संकुचन हुने अवस्था आउँछ । बैंकिङ प्रणालीबाट ठूलै रकम कर बापत सरकारी खातामा जाने गर्छ । मसान्तमा धेरै लगानीकर्ताको क्रय शक्ति कमजोर हुने सम्भावना रहन्छ । यसले पनि बजारलाई केही प्रभावित बनाउने विश्लेषण भइरहेको छ । तर बजार माथि जान नसके पनि धेरै नघट्ने अनुभवीहरुको भनाई छ ।

पुस मसान्तमा सामूहकि लगानी कोषहरुलाई न्याभ व्यवस्थापन गर्नुपर्ने हुन्छ । माघ लागेपछि फेरि बजारले गति लिने आम लगानीकर्ताको विश्वास रहेको छ । सरकारले पुँजी बजार सुधारका प्याकेज घोषणा गरिरहेको छ । नियामक धितोपत्र बोर्ड, केन्द्रीय बैंक तथा नेप्से र सीडीएसले पनि बजारलाई गति दिन विभिन्न सुधारका कार्यक्रम अघि सारिरहेका छन् ।

यसबाट दीर्घकालमा सेयर बजारले नयाँ गति लिने विश्वास गर्न सकिन्छ । बैंक ब्याजदरमा सुधार अनि अहिले विद्यमान अधिक आपूर्ति समस्या समाधान हुने बित्तिकै बजार नयाँ रफ्तारमा अघि बढ्ने लगानीकर्ताहरुले बताउँदै आएका छन् । नेप्से सूचक बिहीबार १.४८ अंकले बढेर ११८०.८४ विन्दुमा आइपुगेको छ । बजार समग्रमा ०.१३% ले सुधार भएको हो ।



१६३ कम्पनीको ३६ करोड ६३ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । १३ लाख ८७ हजार ५९२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको सेयर कारोबार भएकामा ७ वटा समूहका सूचक बढेका छन् भने बाँकी ४ वटामा रातो रंग लागेको छ ।

कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । नेपाल बैंकको ११ करोड ६३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् । 
 
           कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 



 
 
 
               
 

Post Your Comment